मानव सेवा फाउण्डेसनका कर्मचारीद्धारा सरसफाई कार्यक्रम सम्पन्न–

मानव सेवा फाउण्डेसनका कर्मचारीहरुद्धारा पोखरा महानगरपालिका वडा नं ६–हलनचोकमा सरसफाई कार्य सम्पन्न गर्नुभएको छ । पर्यटकीय स्थलको रुपमा आफ्नो पहिचान बनाउन सफल यस पोखरा महानगरपालिकामा फाउण्डेसनका कर्मचारीले दिन रात नभनी आफ्नो कार्य गर्दै आइरनुभएको छ ।
स्मरण रहोस् मानव सेवा फाउण्डेसनका कर्मचारीहरुले यस अघि पनि विभिन्न जिल्लाहरुमा गई सरसफाइको कार्य गर्नुभएको थियो । बाढी, पहिरो, भुकम्प, आगलागी जस्तोसुकै कार्यमा पनि भोक, प्यास नभनी अहोरात्र खटिनुभएका योद्धाहरुको लागि हार्दिक कृतज्ञता व्यक्त गर्दै आगामी दिनहरुमा पनि वहाँहरुको जोस, जागर अझ बढिरहोस भन्ने शुभकामना व्यक्त गर्दछौं ।


मानव सेवा फाउण्डेसन परिवार,
कलंकी १४–काठमाण्डौं

Posted In :

Leave a Reply

Your email address will not be published. Required fields are marked *