भक्तपुर जिल्ला चाँगुनारायण –८ सुडालमा चलिरहेको ऐतिहासिक श्रीमद्भागवत धनधान्याञ्चल बालकुमारी विराट ज्ञान महायज्ञको निमन्त्रणा स्विकार गरी दर्शन गर्नको लागि पशुपति कोटिहोम महायज्ञका यज्ञ संकल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्ण मूर्ति महाराज ज्यूको उपस्थिती रहेको छ । बालकुमारी मन्दिर निर्माण सहयोगार्थ लगाइएको महायज्ञमा पण्डित विजय सिग्देल ज्युको मुखारविन्दुबाट कथा वाचन भैरहेको छ । त्यस महायज्ञमा विशिष्ट व्यक्तित्वहरुको उल्लेख्य उपस्थित रहेको छ भने विशिष्ट कलाकारहरुबाट नूत्य, भजन र झाँकी प्रस्तुत गरिएको छ । यसै यज्ञको अवसरमा पशुपति कोटिहोम महायज्ञका यज्ञ संकल्पकर्ता बालयोगेश्वर विजय कृष्ण मूर्ति महाराज ज्यूबाट नगद रु. १,११,१११ (एक लाख, एघार हजार, एकसय एघार) सहयोग गर्नु भएको थियो । यस्तो मनकारी दिनदुःखीको साहारा, अनाथहरुको नाथ, धर्मपे्रमी महाराज श्री बालयोगेश्वर विजय कृष्ण मूर्ति महाराज ज्यूप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्न चाहान्छौैं साथै वहाँको यस कार्यमा अझ बढि हौसला बढिरहोस भनि श्री पशुपति नाथ भगवानसँग प्राथाना गर्दछौं
मानव सेवा फाउण्डेसन परिवार,
कलंकी १४– काठमाण्डौं
Leave a Reply