मानव सेवा फाउण्डेसनद्धारा आयोजित ऐतिहासिक श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटीहोम विराट् महायज्ञ २०८२—अत्यन्त श्रद्धापूर्वक, अनुशासित, मर्यादित र सफल तरिकाले सम्पन्न भएको छ ।
कोटीहोम विराट ज्ञान महायज्ञलाई सम्पूर्ण समर्पणका साथ सञ्चालन गर्नुहुने यज्ञ संकल्पकर्ता बालयोगेश्वर विजयश्री कृष्णमूर्ति जी महाराज ज्यु र उहांको पूजापाठ टिम जसको मार्गदर्शन , ज्ञान र आशिर्वादले पूजालाई अझै पवित्र र प्रभावशाली बनायो । आयोजक टिम , जसले पर्दा अगाडी र पछाडी सम्हालेर कार्यक्रमलाई यस स्तरमा पुर्याउन अथक प्रयास गर्नुभयो । मानवसेवा फाउण्डेसनका सम्पूर्ण कर्मचारीहरु, जसले दिनरात नभनी निष्ठापूर्वक सहयोग गर्नुभयो । सबैको सामूहिक श्रम, श्रद्धा र आस्था बिना यस्तो लामो र विशिष्ट पूजा सफल बनाउन सम्भव हुने थिएन ।
यस धार्मिक अनुष्ठानमा आ—आफ्नो तवरबाट साथ, सहयोग, हौसला, प्रेरणा दिनुहुने सम्पूर्ण सहयोगी मनहरु प्रति हार्दिक आभार व्यक्त गर्दे आगामी दिनहरुमा पनि हजुरहरुको साथ सहयोगको अपेक्षा गर्दछौं ।
मानव सेवा फाउण्डेसन, नेपाल
कलंकी १४ —काठमाण्डौं
Leave a Reply