Skip to content
Home » पशुपति कोटीहोममा अनिरुद्राचार्य महाराजको प्रेरणादायी प्रवचन

पशुपति कोटीहोममा अनिरुद्राचार्य महाराजको प्रेरणादायी प्रवचन

पशुपति कोटीहोम महायज्ञको ऐतिहासिक अवसरमा भारतका ख्यातिप्राप्त कथावाचक अनिरुद्राचार्य महाराजको आगमन भयो। उहाँले आफ्ना प्रेरणादायी वचनहरूले सम्पूर्ण भक्तजनलाई भावविभोर बनाउनुभयो। यो पवित्र यज्ञको आयोजनामा मानव सेवा फाउन्डेसनका संकल्पकर्ता आदरणीय बालयोगेश्वरविजय श्रीकृष्ण मूर्तिजी महाराजको योगदान उल्लेखनीय छ। उहाँकै नेतृत्व, समर्पण र यज्ञप्रतिको अडिग संकल्पका कारण यो महायज्ञले यो रूप लिन सक्यो।

अनिरुद्राचार्य महाराजले आफ्नो प्रवचनमा बालयोगेश्वर महाराजप्रति गहिरो सम्मान व्यक्त गर्दै भन्नुभयो:
बालयोगेश्वर महाराजजस्तो महान आत्माले यो महायज्ञको संकल्प लिनुभएकोमा म उहाँप्रति नतमस्तक छु। उहाँको प्रेरणाले मात्र म यहाँ आउन पाएको हुँ। यस्ता महान कार्यहरूले समाजमा शान्ति र एकता ल्याउँछन्।”

उहाँले पशुपति कोटीहोमको माहात्म्य र नेपालप्रतिको आफ्नो विशेष प्रेम पनि यसरी व्यक्त गर्नुभयो:
यो नेपाल, पवित्र धर्तीमा आउनु मेरो ठूलो सौभाग्य हो। लकडाउन र कोरोना महामारीका कारण पहिले आउन असफल भएँ, तर आज यहाँको दर्शन गर्ने अवसर पाएको छु। यहाँको शुद्ध वातावरण र प्रकृतिप्रेमी जनताले मलाई गहिरो रूपमा प्रभावित गरेको छ। तपाईहरूको जस्तो शुद्धता र सरलता संसारमा दुर्लभ छ।”

अनिरुद्राचार्य महाराजले सबै भक्तहरूलाई प्रकृतिको महिमा गाउन प्रेरित गर्दै भने:
तपाई सबै एक पटक मेरो साथ भन्नुहोस्– नेपाल आमाको जय!तपाईहरू प्रकृतिसँग जति नजिक हुनुहुन्छ, त्यो सम्पूर्ण विश्वका लागि उदाहरण हो।”

उहाँले महायज्ञको आयोजना र यसको प्रभावलाई विशेष उल्लेख गर्दै थप्नुभयो:
मानव सेवा फाउन्डेसन र महाराजजस्ता महान व्यक्तित्वको प्रयासले यो यज्ञ सफल भएको छ। यो पवित्र कार्यले संसारभरका मानिसलाई एकता, शान्ति र अध्यात्मको मार्गमा डोहो-याउन मद्दत गर्नेछ। आउनुहोस्, बालयोगेश्वर महाराजका लागि जोडदार ताली बजाऔं।

बालयोगेश्वर विजय श्रीकृष्ण मूर्तिजी महाराजको नेतृत्व र समर्पणको कारण यो महायज्ञले लाखौं भक्तजनलाई एकैस्थानमा ल्याएर समाजमा शान्ति र सद्भावको सन्देश फैलाउन सफल भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *