देवघाटधाममा सरसफाइ कार्यक्रमको सफलता

श्री मानव सेवा फाउण्डेशनले देवघाटधाम, चितवनमा सरसफाइ कार्यक्रम आयोजना गरी समाजसेवाको क्षेत्रमा आफ्नो सक्रिय योगदानलाई निरन्तरता दिएको छ। मिति २०८१ साल मंसिर २० गते, यस पवित्र स्थलमा गरिएको कार्यक्रमले धार्मिक तथा पर्यावरणीय दृष्टिकोणले महत्वपूर्ण योगदान पुर्‍याएको छ।

यस कार्यक्रममा फाउण्डेशनका स्वयंसेवकहरू, स्थानिय समुदाय, र भक्तजनहरूको उत्साहजनक सहभागिता देखिएको थियो। सबैले देवघाटको नदी किनारा, मन्दिर परिसर, र आसपासका क्षेत्रहरूलाई सफा राख्ने कार्यमा पूर्ण लगनशीलताका साथ सहभागिता जनाए। यसै अवसरमा स्वच्छता र वातावरणीय संरक्षणको महत्वबारे जागरुकता फैलाउन विभिन्न अन्तक्रियात्मक सत्रहरू पनि आयोजना गरियो। कार्यक्रमको मुख्य उद्देश्य देवघाटधामको पवित्रता र स्वच्छता कायम गर्नुका साथै धार्मिक स्थलहरूको संरक्षणमा सबैको ध्यानाकर्षण गर्नु रहेको थियो।

यस महत्वपूर्ण कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै, धार्मिक स्थलहरूको संरक्षणमा मानव सेवा फाउण्डेशनको प्रतिबद्धतालाई प्रष्ट पारेको छ। भविष्यमा पनि यस्ता समाजोपयोगी कार्यक्रमहरू आयोजना गर्दै जाने हाम्रो संकल्प छ।

स्वच्छता नै सेवा, सेवा नै धर्म” भन्ने भावनालाई आत्मसात् गर्दै, मानव सेवा फाउण्डेशन समाजसेवाका क्षेत्रमा अग्रसर रहिरहनेछ।

श्री मानव सेवा फाउण्डेशन मानवताको सेवा नै परम धर्म।

Posted In :

Leave a Reply

Your email address will not be published. Required fields are marked *