ऐतिहासिक श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ –२०८२ को पूर्वसन्ध्यामा भूमि पूजन सम्पन्न


नेपाली भ्रमण वर्ष २०२५ तथा नेपाली नयाँ वर्ष २०८२ को पावन अवसरमा श्री मानवसेवा फाउण्डेसन, नेपाल लगायत आदि संस्थाहरुले आउँदो मिति २०८२ साल वैशाख १७ गतेदेखी जेठ २६ गतेसम्म राष्ट्र शान्ति, विश्व कल्याण एवं आम नेपालीको सुख, शान्ति तथा समृद्धिको कामना गर्दै ऐतिहासिक श्रीगण्डकी शत (सत) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ – २०८२ को पूर्वसन्ध्यामा मिति २०८१/११/२३ गते भूमी पुजन सम्पन्न भएको छ । पोखरा महानगरपालिको लेकसाइडमा रहेको बाराहीघाटमा औपचारिक रुपमा १० बजेर २१ मिनेटको शुभ साइतमा भूमिपूजन सम्पन्न भएको छ । नेपालकै इतिहासमा ऐतिहासिक श्रीगण्डकी कोटिहोमले नेपालको धार्मिक जगतमा छुट्टै पहिचान बन्ने अपेक्षा सहित शत कुण्डीय कोटिहोमले फरक खालको सन्देश प्रवाह गर्ने छ । सम्पूर्ण सनातनी योद्धाहरुलाई एकमुष्ट रुपमा एकताबद्ध भएर लाग्न प्रेरणा गर्दछ ।


मानव सेवा फाउण्डेसन, नेपाल
कलंकी १४–काठमाण्डौं

Posted In :

Leave a Reply

Your email address will not be published. Required fields are marked *