श्रावण महिनाको पवित्र छायांमा, मानव जीवनमा व्याप्त दुःख–कष्टको निवारण मनोकामना पूर्तिको संकल्पसहित, मानवसेवा फाउण्डेसनको आयोजनामा विराट् ज्ञान महायज्ञ हुन गइरहेको छ ।
यो महायज्ञ कुनै सानो कर्म होइन । यो धर्म, सेवा र आध्यात्मिक जागरणको संगम हो । शास्त्रसम्मत विधिमा सु— सम्पन्न हुने यो पूण्य आयोजनाले समाजमा शान्ति, सकारात्मक र समृद्धिको नयां आयाम ल्याउने अपेक्षा गरिएको छ ।
सम्पूर्ण श्रद्धालुजन, भक्तजन, धर्मप्रेमी आत्माहरुलाई हार्दिक आमन्त्रण गर्दछौं ।
आउनुहोस्, हामी सबै मिलेर यस दिव्य अनुष्ठानमा सहभागी बनी जीवनलाई अर्थ उदेश्य र उज्यालोले भरिपूर्ण बनाऔं ।
“जहां ज्ञान छ, त्यहां प्रकाश छ जहां यज्ञ छ, त्यहां मोक्षको बाटो खुल्दछ”
हर हर महादेव । जय सनातन धर्म । जय मानव सेवा फाउण्डेसन ।
Leave a Reply