वि.सं. २०८१ पौष ६ गते, शनिबार बिहान ८:३० बजे, नमुना सांस्कृतिक डवली कार्यक्रम द्वारा आयोजित पशुपतिनाथ मन्दिरको कैलाश पर्वत क्षेत्रमा भएको सरसफाइ कार्यक्रममा सम्पन्न भयो। यस अभियानमा श्री मानव सेवा फाउन्डेशनका ६० भन्दा बढी स्वयंसेवकहरूको सक्रिय सहभागिता रहेको थियो।
पशुपतिनाथ मन्दिर दर्शन गर्न आएका भक्तजन र विभिन्न धार्मिक अनुष्ठानका क्रममा संकलित फोहोर व्यवस्थापन गर्ने उद्देश्यले गरिएको यो अभियानमा मानव सेवा फाउन्डेशनले पूर्ण सहयोग पुर्यायो। अभियानका क्रममा करिब १३०-१५० बोराभन्दा बढी फोहोर संकलन गरिएको थियो। यस महत्त्वपूर्ण कार्यमा अन्य सामाजिक संस्थाहरू, प्रहरी प्रशासनले समेत उत्तिकै साथ र सहयोग पुर्याए।


सरसफाइ अभियानको सन्देश:
“हाम्रो वातावरण सफा भएमा हाम्रो स्वास्थ्य पनि सफा र स्वस्थ रहन्छ। हामी प्रत्येक नागरिकले आफ्ना गतिविधिबाट उत्पन्न फोहोरको सही व्यवस्थापन गर्न सक्ने हो भने हरेक गाउँ, सहर, नगर, प्रदेश, र सम्पूर्ण देश नै सफा र उज्यालो बन्न सक्छ।”
यो अभियानले नागरिकहरूलाई सरसफाइको महत्त्व र व्यक्तिगत जिम्मेवारीप्रति सजग बनाउँदै सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।
श्री मानव सेवा फाउन्डेशन नेपालले भविष्यमा पनि यस्ता अभियानहरू निरन्तर सञ्चालन गर्दै सरसफाइ, स्वच्छता, र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्न प्रतिबद्धता व्यक्त गरेको छ।
Leave a Reply