मानव सेवा फाउण्डेसनद्धारा पोखराका विभिन्न मठ, मन्दिरहरुमा रंग लगाउने कार्य सम्पन्न–


महाशिवरात्री नजिकिदै गर्दा मानव सेवा फाउण्डेसन नेपालले पर्यटकिय नगरी पोखरा महानगरपालिका वडा नं ६–सिमपानीमा रहेको ॐ शिवमणी कैलाशधाम मन्दिर सरसफाई तथा रंगरोगन कार्य गरिरहेको छ । साथै पोखरामा रहेका विभिन्न मठ, मन्दिर सरसफाई तथा मन्दिरहरुमा रंग लगाउने काम गरिरहेको छ । देशका विभिन्न स्थानमा पुगेर नियमित अभियाननै सञ्चालन गर्दै आएको मानव सेवा फाउण्डेसले अहिले पोखरामा रहेका मन्दिरहरुमा सरसफाई कार्य गर्दै आइरहेको छ । मानव सेवा फाउण्डेसनले “सेवा नै धर्म हो” भन्ने भनाइलाई आत्मसाथ गर्दै जस्तो सुकै कठिन परिस्थितीको सामना गर्दै फाउण्डेसनले आफ्नो कार्य अगाडी बढाइरहेको छ । आफ्नो कर्मप्रति लगनशिल भई लागिरहनु भएका कर्मचारीहरु प्रति सधै सकारात्मक कार्यमा वहाँहरुको पाइलाहरु अगाडी बढिरहोस भनि भगवान श्री पशुपतिनाथ सँग कामना गर्दछौं ।


मानव सेवा फाउण्डेसन परिवार,
कलंकी १४–काठमाण्डौं ।

Posted In :

Leave a Reply

Your email address will not be published. Required fields are marked *